बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

सांकेतिक फोटो

तुलसीपुर,१९ मंसीर । दाङमा बसले ठक्कर दिदा एक जना साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा न. ६ बनघुस्री बस्ने ५५ वर्षीय रामचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आइतबार बिहान ६ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बन्गै जंगलमा पश्चिमबाट पुर्व जादैगरेको रा १ ख १७७७ नम्बरको बसले ठक्कर दिएकोे थियो । बसको ठक्करबाट घाइते हुनु भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया