२०८३ कार्तिक १४ गते शनिवार

सल्यानमा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु

फोटो फाईल

सल्यान, १४ कात्तिक । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा शुक्रवार बेलुका साढे छ बजेतिर जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन भने सात जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेको भित्री कच्ची सडकखण्डमा श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप सडकबाट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना लगत्तै १० जना घाइते भएकोमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र घाइते मध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाईते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक, सोही वडाकी ५८ वर्षीया सुशीला चलाउने, १५ वर्षीय कमल बुढाथोकी, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १० वर्षीय युवराज परियार र सिद्धकुमाख–३ की ७ वर्षीया विमला बुढाथोकी छन्।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार घाइतेमध्ये देवहादुर विक र सुशीला चलाउनेको दाङमा उपचार भईरहेको छ भने कमल बुढाथोकी, विमला बुढाथोकी र युवराज परियारलाई बाँकेको नेपालगन्जका लागि रिफर गरिएको छ। जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पानी परेका कारण उकालोमा चिप्लिएर जीप सडकबाट खसेको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।