२०८३ कार्तिक १३ गते शुक्रवार

भारतमा हेलिकप्टर दुर्घटना, ६ यात्रु सवार रहेको प्रारम्भिक जानकारी , ड्रोनबाट खोजी तीव्र

फोटो फाईल

दाङ, १३ कात्तिक । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल बद्रीनाथ धामबाट देहरादुनतर्फ उडेको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरका पाइलटसँग सम्पर्क विच्छेद भएको छ भने सुरक्षाकर्मीले ड्रोनको सहायताबाट खोजी कार्य तीव्र पारेका छन्।

 

प्रारम्भिक विवरणअनुसार शुक्रबार बद्रीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको हेलिकप्टर चमोली जिल्ला क्षेत्रमा दुर्घटनामा परेको हो। हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ। घटनाको जानकारी पाएलगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धार कार्यमा परिचालन भएको छ। उद्धार टोलीले पाइलटसँग रेडियो तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क स्थापित गर्ने प्रयास गरे पनि हालसम्म सम्पर्क हुन सकेको छैन।

 

दुर्घटनाग्रस्त हेलिकप्टरको अवस्था र त्यसमा सवार यात्रुहरूको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन। घटनास्थल आसपासको मौसम प्रतिकूल रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। खराब मौसमका कारण हवाई तथा स्थलगत खोजी प्रभावित भएपछि प्रशासनले ड्रोनको प्रयोग गरी हेलिकप्टरको सम्भावित अवस्थिति पत्ता लगाउने प्रयास गरिरहेको छ। हेलिकप्टर दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।