२०८३ कार्तिक १३ गते शुक्रवार

सल्यानमा बालुवा बोकेको टिपर दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

सल्यान, १३ कात्तिक। सल्यानको बागचौर नगरपालिका–९ स्थित डिक्कीगारमा बालुवा बोकेको टिपर दुर्घटनामा परेको छ। पातिहाल्नाबाट रोल्पातर्फ जाँदै गरेको रा १ ख २८५७ नम्बरको टिपर बिहीबार बिहान करिब ८:५० बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको घोराही उपमहानगरपालिका–१८ निवासी करिब २५ वर्षीय बसन्त बस्नेतले चलाएको उक्त टिपर भित्री सडक खण्डमा चालकको नियन्त्रण गुमाएर सडकबाट करिब १५ मिटर तल खसेको थियो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र टिपरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गरिएको प्रारम्भिक जाँचका क्रममा चालकसँग सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताब (बिलबुक) रहेको तथा चालकले मादक पदार्थ सेवन नगरेको पाइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक टपेन्द्र घर्ती मगरको कमान्डमा दुई जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार सम्बन्धित प्रहरी पोस्टबाट दुर्घटनास्थल करिब ३ किलोमिटर पूर्वतर्फ पर्दछ।दुर्घटनामा मानवीय क्षति नभए पनि भित्री सडक खण्डमा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।