कपिलवस्तु,११ कात्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ । बुधबार बिहान वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका –०४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।।
प्रकाशित मिति : २०८३ कार्तिक ११ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।