दाङ, २ कार्तिक । दाङको गढवा गाउँपालिकामा २ महिला माथि दुर्व्यवहार भएको घटना बाहिरिएको छ । गएराती ८:२० बजेको समयमा ती महिला माथि अपरिचित केही युवाहरूले दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीमा आएको छ । इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि अनुसन्धानलाई तिब्र बनाएको बताएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइने छ।
मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका थिए। सो क्रममा एक महिलाको ज्याकेट समेत तानिएको जनाइएको थियो। घटनापछि दुवै महिलाले असुरक्षित महसुस गरेको र घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरीलाई जानकारी दिएका थिए। घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्न र दोषी माथि कानुन अनुसार कारबाही गर्न पीडित पक्षले माग गरेको छ। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।




















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।