तुलसीपुर, १० कात्तिक । तुलसीपुर उपमहानगरपालिका–१८ नम्बर वडाले रक्तादान अभियान संचालन गर्ने भएको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले टोलटोलबाट रक्तदान अभियान सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले आगामी हप्तादेखि रक्तदान अभियान संचालन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा बिजौरमा रहेको आदर्श टोल विकास संस्थाबाट रक्तदान अभियान संचालन गरिने छ ।
आवश्यक परेका बेला बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यसहित वडाले अभियान सञ्चालन गर्न लागेको अध्यक्ष वलीले बताउनुभयो । ‘रक्तदान गर्न योग्य व्यक्तीहरुबाट रगत संकलन गरिने र त्यस्ता व्यक्तीहरुको सूचि वडा कार्यालयमा राखिने छ र आवश्यक परेका बेला रक्तदान गर्न उनिहरुलाई प्रेरित गरिने छ ।’ अध्यक्ष वलीले भन्नुभयो । बैठकमा सहभागी टोलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक व्यक्तीत्वहरुले अभियानलाई प्रभावकारी बनाउन उत्साहका साथ सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त थिए ।
रक्तदानलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने उद्देश्य रहेको अभियानले रगतको अभावमा उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वडा कार्यालयका अनुसार वडामा ३१ वटा टोल विकास संस्थाहरु रहेका छन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।