२०८३ असोज १६ गते शुक्रवार

राप्ती प्रतिष्ठानमा एक महिनामै ५ सय ४४ बिरामीको सफल शल्यक्रिया

दाङ,१६ असोज । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठूला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४ जना बिरामीको विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक सह–प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्त्रीरोग, अर्थोपेडिक, सर्जरी, ईएनटी, युरोलोजी, न्युरो तथा आँखालगायतका विभागबाट बिरामीको शल्यक्रिया गरिएको हो । जसअनुसार प्रसुतीतर्फ २ सय १ जना, हाडजोर्नीतर्फ ८४, सर्जरीतर्फ १ सय २ जना, नाक कान घाँटी रोगतर्फ २७ जना, युरोलोजीतर्फ ९२ जना, आँखातर्फ २० जना र न्यूरोतर्फ १४ जना गरी जम्मा ५ सय ४४ जना बिरामीको सफल शल्यक्र्रिया भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।