दाङ । दन्त चिकित्सा क्षेत्रमा १४ वर्षको अनुभव हासिल गर्नुभएका डा. निरन्जन आचार्य हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त हुनुभएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाबाट दन्त चिकित्साशास्त्रमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा पूरा गर्नुभएका डा. आचार्य लामो समयदेखि दन्त चिकित्सा सेवामा सक्रिय हुनुहुन्छ। उहाँ दाङको तुलसीपुरमा सञ्चालनमा रहेको स्वर्गद्वारी डेन्टल हस्पिटलका सञ्चालकसमेत हुनुहुन्छ।
दाङमा रहेर दन्त चिकित्सा क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आउनुभएका डा. आचार्य दन्त उपचारका लागि बिरामीको रोजाइमा पर्दै आउनुभएको चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। उहाँको व्यावसायिक अनुभव, बिरामीप्रतिको समर्पण तथा दन्त स्वास्थ्य सेवामा पु¥याउँदै आएको योगदानले उहाँलाई यस क्षेत्रमा स्थापित परिचय दिलाएको छ।
अब उहाँले हिमाल डेन्टल हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने भएको छ। नयाँ जिम्मेवारीसँगै उहाँको अनुभव र नेतृत्व क्षमताले हिमाल डेन्टलको सेवा, व्यवस्थापन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उहाँको नेतृत्वमा दन्त चिकित्सा सेवाको गुणस्तर अभिवृद्धि, सेवा विस्तार तथा बिरामीमैत्री स्वास्थ्य सेवामा थप सुधार गर्दै हिमाल डेन्टललाई अझ सशक्त संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।