२०८३ कार्तिक ३ गते सोमवार

मृत्युको मुखबाट फर्किएकी दीपाले भनिन्– ‘राप्ती लाइफ केयरले नयाँ जीवन दियो’

तुलसीपुर, दाङ । पाठेघरबाहिर गर्भ बसेर फुटेपछि गम्भीर अवस्थामा पुग्नुभएकी तुलसीपुर–९, बेलुवाकी २८ वर्षीया दीपकुमारी बुढाथोकीले समयमै उपचार पाएर नयाँ जीवन पाउनुभएको छ। पहिलोपटक गर्भवती हुनुभएकी दीपाको पेटमा अचानक असह्य दुखाइ भएपछि तुलसीपुर–७, मोतीपुरस्थित राप्ती लाइफ केयर अस्पताल पुर्‍याइएको थियो।

परीक्षण गर्दा पाठेघरबाहिर गर्भ बसेर फुटेको र पेटभित्र अत्यधिक रक्तस्राव भएको पत्ता लागेको थियो। उहाँको अवस्था गम्भीर बनेपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। विनोद सिंह, डा. रितेश शर्मा लगायतको टोलीले तत्काल शल्यक्रिया गरेको थियो। उपचारका क्रममा उहाँलाई पाँच पोका रगतसमेत दिइयो। शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि दीपाले नयाँ जीवन पाउनुभएको छ।

जटिल उपचारका लागि नेपालगन्ज जानुपर्ने होला भन्ने लागेको उहाँको परिवारले तुलसीपुरमै उपचार सम्भव भएपछि राहत महसुस गरेको छ। ‘मलाई अब बाँच्दिनँ जस्तै लागेको थियो। नेपालगन्ज जानुपर्छ होला भन्ने सोचेकी थिएँ, तर तुलसीपुरकै राप्ती लाइफ केयरले मलाई नयाँ जीवन दियो,’ दीपाले भावुक हुँदै भन्नुभयो। दीपाको उपचारले समयमै रोग पहिचान, आकस्मिक शल्यक्रिया र रगतको व्यवस्थापनले ज्यान जोगाउन सकिने तथा तुलसीपुरमै जटिल प्रसूति उपचार सम्भव रहेको आशा जगाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।