२०८३ कार्तिक ८ गते शनिवार

दाङबाट बाँके तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ,७ कात्तिक । दाङ बाट बाँके तर्फ जाँदै गरेको कार संग अर्कौ एउटा कार ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेको बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठोरले जानकारी दिनुभयो । टेकबहादुर सवार कारकै चालक डोटी साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार जारी छ। सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही पनि घाइते छन्। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। कारका चालक घोराही–७ सौरियारका ४० वर्षीय सम्राटनाथ योगीको अवस्था सामान्य रहेको र सम्राटलाइ इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको  छ ।  आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा।प्र। ०१–०३० च ८४९६ नम्बरको कार र विपरीत दिशाबाट अर्थात् पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार आपसमा ठोक्किएका थिए। दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।