काठमाडौं,१० कात्तिक । प्रहरीले १४ किलो लागूऔषध गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार बातिक एयरको उडान नम्बर OD १८२ बाट थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतकी ४६ वर्षीया शबानाबानु यार महम्मेद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजा, दुई थान पासपोर्ट र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ । हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको निगरानी तथा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।