दाङ,१० कात्तिक । दाङमा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठसहित पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–४ सुनपुरस्थित क्षेत्रमा अवैध रूपमा काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले देबिकोटतर्फबाट सुन्दरपुरतर्फ आउँदै गरेका पाँचवटा मोटरसाइकलमा लोड गरिरहेको प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर चालकहरू फरार भएका थिए। प्रहरीले १६ पिस सालका काठ करिब १४.९८ क्युफिट र भे ६ प ११९०, रा ७ प २८६७, रा ७ प ४०८५,रा ४ प २७४३ र लु ५ प ४९९३ मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिएको काठ तथा मोटरसाइकलको अनुमानित मूल्य १७ लाख ९० हजार रुपैयाँ रहेको छ। आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।.

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।