२०८३ कार्तिक १३ गते शुक्रवार

सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया किशोरी घाइते

सल्यान १३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया किशोरी घाइते भएकी छन्।दार्मा गाउँपालिका–२ ओझाबाङकी बिन्दु रोकायलाई बिहीबार बिहान घरनजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा जङ्गली बँदेलले आक्रमण गरेको हो।

आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ। घाइते उनलाई उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल पुर्‍याइएको छ। हाल उनको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। पछिल्लो घटनाले वन क्षेत्रमा दाउरा, घाँस तथा अन्य कामका लागि जाने स्थानीय बासिन्दा जङ्गली जनावरको आक्रमणको जोखिममा रहेको देखाएको छ। विशेषगरी वन क्षेत्रमा जाँदा सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।