२०८३ कार्तिक ३ गते सोमवार

जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, १ कात्तिक । काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जीपमा सवार मध्ये तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको छ । दुर्घटनामा चालक आशिष विष्टसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ओखलढुङ्गाका चालक विष्ट, खोटाङकी सम्झना राई, उहाँकी छोरी सिवानी राई, र अर्का १३ वर्षीय अंकित विक रहेका छन् । घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।