२०८३ मङ्सिर ९ गते बुधवार

गाडीको ठक्करबाट गम्भीर घाइते रेणु शाहको निधन

तुलसीपुर, ९ मंसिर । गाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी रेणु शाहको निधन भएको छ । शाहको उपचारका क्रममा बाँकेको कोहलपुरमा आज दिउँसो साढे ११ बजे निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

गत मंसिर ४ गते साँझ ५ः५१ बजे तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँस्थित गुम्बा जाने गेटनजिक रा ८ प १७६४ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै चालकले बागमती प्रदेश ०१–०२६ च ५२७९ नम्बरको डबल क्याब गाडी दमारगाउँ स्कुलको पश्चिमतर्फ रहेको जंगलमा छाडेर फरार भएका थिए ।

घटनापछि प्रहरीले उक्त गाडी भोलिपल्ट साँझ जेसीबीको सहायताले निकालेर इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरमा ल्याएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुर–३ दमारगाउँ निवासी २८ वर्षीय सुमन भनिने सुभम परियारलाई हिजो घोराहीबाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।