२०८३ कार्तिक २६ गते बिहिवार

दाङमा पानीमा डुवेर एक युवक वेपत्ता

फोटो फाईल

दाङ, २६ कात्तिक । दाङमा एक युवक पानीमा डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं डिएसपी डाक्टर हेम बहादुर केसीका अनुसार वेपत्ता हुनेमा घोराही १२ बेलघार बस्ने अजय चौधरीका छोरा २३ बर्षिय अनुप चौधरी रहेका छन् । उनी हिजो घोराही १० अर्घु स्थित आफ्नो मामा घरमा गएका थिए ।

सोहि ठाउँमा रहेको सिचाई ड्याममा आज दिउँसो साढे दुई बजेतिर नुहाउन गएको बेला डुवेर वेपत्ता भएको डिएसपी केसीले जानकारी दिनुभयो । उहाका अनुसार इलाका प्रहरी कार्यालय नारायणपुर दाङबाट खटिएको प्रहरी टोली, नेपाली सेनाको ज्वाला दल गण भरतपुर दाङबाट खटिएको टोली, सशत्र प्रहरी बल तुलसीपुर दाङबाट खटिएको टोली र स्थानीयहरुको सहयोगमा खोजी कार्य भईरहेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।