२०८३ कार्तिक २१ गते शनिवार

अटो दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

सिन्धुली,२१ कात्तिक । सिन्धुलीमा अटो अनियन्त्रित भई सडकबाट खेतमा खस्दा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा  झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन्। यस्तै, नामथर र वतन नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ। दुर्घटनापछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको छ। दुर्घटनामा परेको अटो भने घटनास्थलमै रहेको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।