२०८३ कार्तिक २० गते शुक्रवार

तिहार नजिकिएसँगै तुलसीपुर बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

तुलसीपुर,२० कात्तिक । तिहार नजिकिएसँगै दाङको तुलसीपुर बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको छ । तिहारका लागि आवश्यक फूलमाला, पूजा सामग्री, झिलिमिली बत्ती, मैनबत्ती, मिठाई, फलफूल तथा लत्ताकपडा खरिद गर्न बजार आउनेहरूको संख्या बढ्दै गएको हो । विशेषगरी सयपत्री र मखमली फूलका माला, सप्तरङ्गी टीका, ओखर, कटुस, मिठाई तथा भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको बजारमा भीड देखिन थालेको छ । यस्तै, घर सजावटका लागि झिलिमिली बत्ती, तोरण तथा अन्य सामग्री किन्ने उपभोक्ताको चहलपहल पनि बढेको छ ।

बजारमा सर्वसाधारणको आवागमन बढ्दा सवारीसाधनको चापसमेत बढेको छ । यसैबीच, तुलसीपुर बजारमा पछिल्ला केही वर्षयता प्लास्टिकजन्य फूलमालाको प्रयोग घट्दै गएको छ । वातावरण संरक्षण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य मालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीयस्तरमा उत्पादित मौलिक सयपत्री फूलमालाको प्रयोगलाई प्राथमिकता दिइएको व्यापारी हरुले बताएका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।