२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा लागुऔषध सहित तीन जना पक्राउ

तुलसीपुर,११ कात्तिक । दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का २० वर्षीय याोगेश पुन मगर, २१ वर्षीय अर्पण पुन र १९ वर्षीय दिवश केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार राति तुलसीपुर उपमहानगरपालिका–८ दोघरेस्थित सिटी टाउन होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले होटलमा शंकास्पद अवस्थामा रहेका तीन जनालाई नियन्त्रणमा लिई  २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर, ३२ हजार ९१० रुपैयाँ नगद र चार थान मोबाइल फोन बरामद गरेको  छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।