हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको भीषण ईभी हाइस दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ। दुर्घटनामा १० जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस चिसापानीगढीमा दुर्घटनामा परेको हो। भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खस्दा सवारी पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा परेको बालक सुदीप यादवलाई भने उद्धार टोलीले सकुशल बाहिर निकालेको छ।
प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।