नुवाकोट,२३ कात्तिक । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा आज बिहान बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगर घाइते भएका थिए। तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक २३ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।