काठमाडौ, २३ कात्तिक । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने पनि गरिन्छ । यस अघि हिजो घरघरमा लक्ष्मीपूजा गरी मनाईएको छ । यसवर्ष लक्ष्मीपूजाको दिन हिजो बेलुका १ हजार ८१३ मेगावाट विद्युत् खपत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हिजो बेलुका सवा ६ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग अर्थात् -पीक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा गरी मनाइनेछ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।