२०८३ कार्तिक २३ गते सोमवार

डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ

फोटो फाईल

दाङ , २३ कात्तिक । जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँभन्दा माथिको जङ्गलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। योसँगै डोल्पा कारागारबाट फरार ८ जनामध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

यसअघि फरार त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका वडा ९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए । त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्। उनीहरु पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । गत कार्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जनामध्ये अझै दुई जना फरार छन । फरार हुनेमा चोरी मुद्दाका आठबिसकोट नगरपालिका वडा न ५ का तिलक भण्डारी र वडा न ३ का आदेश भण्डारी छन् ।उनीहरुको पनि खोजी कार्य तिव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।