२०८३ कार्तिक १३ गते शुक्रवार

उर्वर सहकारीले बजारको मूल्यभन्दा बढीमा किसानको धान किन्ने

दाङ, १३ कात्तिक । उर्वर कृषि सहकारी संस्थाले यस वर्ष किसानको धान खरिद गर्ने भएको छ । संस्थाले बजार मूल्यभन्दा प्रति किलो एक रुपैयाँ बढी दिएर किसानको धान खरिद गर्ने भएको सचिव लालबहादुर केसीले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष गोपाल खडकाको अध्यक्षतामा तुलसीपुर–१८ दोघरेमा बसेको बैठकले पहिलो चरणमा करिब १० लाख बराबरको धान खरिद गर्ने निर्णय गरेको हो ।

दाङमा संभवतः बजार मूल्य भन्दा बढी मूल्य दिएर किसानको धान खरिद गर्ने उर्वर कृषि सहकारी पहिलो सहकारी भएको दाबी गरिएको छ ।

विशेष गरेर आर्थिक बचत तथा शेयर सदस्यहरुलाई ऋण लगानि गर्दै आइरहेको सहकारीले किसानलाई खेतिपातीको समयमा डिएपी, यूरिया र पोटास मल बितरण गर्दै आइरहेको छ । सहकारीले धान खरिदसंगै तोरी, मसुरो, गहुँ र मकै पनि खरिद गर्ने तयारी गरेको सचिव केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।