तुलसीपुर, ३० असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार एक कार्यक्रमका विच पदभार तथा सपथ ग्रहण गरेका छन् । संघका निवर्तमान अध्यक्ष बसन्त जोसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक मनिराम आचार्य(मौसम)ले सपथ ग्रहण गराउनु भएको हो । सो अवसरमा नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कम्युनिष्ट पाटीका जिल्ला संयोजक विश्वराज आचार्य, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, जिल्ला बार ईकाई दाङका अध्यक्ष मनिराज आचार्य र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
गत असोज २४ गते भएको निर्वाचनमा संघको अध्यक्षमा ध्रुवकुमार गहतराज,वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ, महासचिवमा माधव खनाल, सचिवमा भीमसेन डाँगी, कोषाध्यक्षमा दिपक पण्डित र सह कोषाध्यक्षमा शालिकराम आचार्य विजयी हुनु भएको थियो ।यस्तै उद्योग सदस्यमा मान बहादुर विक, महिला सदस्यमा सुलोचना गौतम,बस्तुगत सदस्यमा निम बहादुर बुढाथोकी, एशोसियट सदस्यमा दिपक आचार्य र खुल्ला सदस्यहरुमा राधिका बन्जाडे, नर बहादुर चौधरी, दुर्गा प्रसाद चौधरी, मक्तिराम खनाल, केशव डिसी, गोपाल प्रसाद खनाल, दिपाकर पाण्डे र सुभाष न्यौपाने लगाएत विजयी हुनु भएको थियो ।













टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।