दाङ, २४ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी शनिवार घोराहीमा मतदान सम्पन्न भएको छ । शनिवार भएको मतदानमा छब्बिस सय बढि मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको तिन हजार ७ सय ७७ जना मतदाता रहेकोमा दुई हजार छ सय २३ मत खसेको हो ।
घोराहीको बहुउद्देश्यीय सभाहलमा निर्वाचन भएको हो । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी तिन वटा समुह चुनावी मैदानमा रहेको छ । धुव्रकुमार गहजरात नेतृत्वको साझा व्यावसायीक प्यानल , नरेस कुमार श्रेष्ठ नेतृत्वको प्रजातान्त्रिक प्यानल र अनिल आचार्य नेतृत्वको स्वतन्त्र प्यानल चुनावी मैदानमा रहेको छ । यस अघि असोज ११ गते हुने भनिएको संघको निर्वाचनको विवाद बारे अदालतमा उजुरी परेपछि स्थगित भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।