२०८३ कार्तिक १४ गते शनिवार

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द

काठमाडौं,१४ कात्तिक ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ। लगातारको वर्षाले मैदान खेल सञ्चालन गर्न अनुपयुक्त भएपछि खेल रद्द गर्ने निर्णय गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्ण रूपमा भिजेको छ। मैदानको अवस्था खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको हो।

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यसैबीच, आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। पूर्वनिर्धारित तालिकाअनुसार उक्त खेल अपराह्न ५ बजे सुरु हुने छ। यद्यपि, मौसम प्रतिकूल रहेकाले दोस्रो खेलसमेत वर्षाबाट प्रभावित हुन सक्ने सम्भावना छ। गत कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।