२०८३ कार्तिक १४ गते शनिवार

सल्यानको दार्मामा ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला

सल्यान १४ कार्तिक । सल्यानको दार्मा गाउँपालिका–३ स्थित दोभान खोलामा एक पुरुषको शव फेला परेको छ। प्राप्त जानकारीअनुसार,  कात्तिक १४ गते बिहान करिब ८:३० बजे दार्मा गाउँपालिका–३ दोभान खोलामा एक पुरुषको शव कोल्टे अवस्थामा देखिएको थियो। उक्त शव दार्मा गाउँपालिका–४ गोवात निवासी अन्दाजी ३२ वर्षीय भुवन चन्दको रहेको खुलेको छ।

घटनाबारे बिहान ८:४० बजे इलाका प्रहरी कार्यालय दार्मा, सल्यानमा सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक दीपक थापाको कमाण्डमा ३ जना प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। त्यसैगरी, इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ५ जनाको थप टोलीसमेत घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा प्रारम्भिक प्रक्रिया अघि बढाएको हो । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। उक्त घटनास्थल इलाका प्रहरी कार्यालय दार्माबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्दछ।मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।