२०८३ कार्तिक १५ गते आइतवार

करेन्ट लागेर एक बालकको मृत्यु

रौतहट,१५ कात्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय शेख आयानको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो आफ्नै घरमा रहेको विद्युत्‌जडित कलबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा परोहा अस्पताल लौकाहामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।