२०८३ कार्तिक १५ गते आइतवार

दाङमा ७८ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित फरार प्रतिवादी पक्राउ

दाङ,१५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–८ शान्ति टोलबाट ब्राउन सुगरजस्तो देखिने ७८ ग्राम ९०० मिलिग्राम पदार्थसहित लागुऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ मछाई निवासी ३१ वर्षीय गोविन्द खड्का रहेका छन् । लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका उनलाई प्रहरीले घोराही–८ शान्ति टोलस्थित उनका सानोबुबा शंखबहादुर घर्ती क्षेत्रीको घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खड्कालाई उक्त घरको दोस्रो तलामा रहेको उत्तरतर्फको कोठाबाट नियन्त्रणमा लिइएको थियो । उनको शरीर तथा घरका विभिन्न कोठामा खानतलासी गर्दा तीन थान मोबाइल र दुई लाख ७७५ रुपैयाँ नगदसमेत फेला परेको थियो ।

त्यसैगरी, शंखबहादुरको घरनजिकै पश्चिमतर्फ रहेको केशरबहादुर घर्ती क्षेत्रीको निर्माणाधीन घरको उत्तरतर्फको ढोकानजिक छरिएका इँटामुनि लुकाइछिपाइ राखेको अवस्थामा हरियो प्लास्टिकका ११७ वटा पुडियामा ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।