२०८३ कार्तिक १५ गते आइतवार

महानगर र उपमहानगरका वडामा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन

दाङ,१५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारका लागि आवेदन आह्वान गर्ने निर्णय गरेको हो।

बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन तथा त्यसको कार्यान्वयन र समन्वयका लागि विभिन्न सातवटा उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ‘क्यान्डिडेट क्लब’को संयोजकमा कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, प्रविधि उपसमितिको संयोजन सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिको जिम्मेवारी जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजन डा। तोसिमा कार्की र क्षमता विकास समन्वय उपसमितिको जिम्मेवारी टासी ल्हाजोमलाई दिइएको छ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउँदै योग्य, सक्षम र इच्छुक व्यक्तिहरूलाई स्थानीय तहको नेतृत्वमा सहभागी गराउने उद्देश्यसहित आवेदन प्रक्रिया अघि बढाउन लागेको जनाएको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।