दाङ, १५ कात्तिक । बाँकेको एक स्टील कम्पनीमा आगलागी हुँदा आठ जना घाईते भएका छन् । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा विद्युत सर्ट हुदा आईतवार विहान करिब पौने छ बजे तिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाईते हुनेमा बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, सोहि ठाउँका वर्ष २२ का रामदिन हरिजन , वर्ष २४ का प्रेम धोबी , वर्ष २९ का दिलीपकुमार यादव , वर्ष ३५ का लक्ष्मीराम यादव , भारतको बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद , सोहि ठाउँका वर्ष २४ का नशिव कुमार निषाद र वर्ष २५ का विनोद कुमार निषाद रहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागी पछि स्थानिय, सुरक्षाकर्मी ,नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकलको सहयोगमा , झन्डै दुई घण्टा पछि आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अन्यको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले बताएको छ । आगलागी भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।