दाङ, १५ कात्तिक । सोनापुर सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्पर सञ्चालनमा स्थानीयले रोक लगाएका छन् । दुधरास–संक्राम–छिल्लिकोट सडकमा टिप्परको अत्यधिक भार (ओभरलोड) का कारण ग्रामीण कालोपत्रे सडक तथा संक्राम–छिल्लिकोट कच्ची सडकमा क्षति पुगेको भन्दै स्थानीयले टिप्पर सञ्चालनमा रोक लगाएका हुन् ।
टिप्परको निरन्तर आवतजावत र क्षमताभन्दा बढी भार बोकेर हिँड्दा सडक जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । सडकमा थप क्षति हुन नदिन स्थानीयले टिप्पर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।