२०८३ कार्तिक १२ गते बिहिवार

घोराही सिमेन्टका श्रमिक आन्दोलित

तुलसीपुर, १२ कात्तिक ।  दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको घोराही सिमेन्ट उद्योगका श्रमिक आन्दोलनमा उत्रिएका छन्। अन्यायपूर्ण निष्कासन फिर्ता र श्रमिक अधिकारको ग्यारेन्टी माग गर्दै उनीहरूले बुधबारदेखि धर्ना तथा विरोध प्रदर्शन सुरु गरेका हुन्। नेपाल कारखाना श्रमिक संघ, घोराही सिमेन्ट उद्योगको तदर्थ समितिका उपाध्यक्ष मानबहादुर कँवरलाई गैरकानुनी रूपमा निष्कासन गरिएको आरोप लगाउँदै श्रमिकहरूले त्यसको विरोध गरेका छन्। आन्दोलनरत श्रमिकले कँवरको पुनर्बहाली, श्रम शोषणको अन्त्य, मानसिक तनाव र दबाबबाट मुक्त कार्यवातावरण तथा श्रम ऐन र श्रमिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्। उद्योग व्यवस्थापनले श्रमिकमाथि अन्याय गरेको आरोप लगाउँदै उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेत ावनी दिएका छन्। तदर्थ समितिका उपाध्यक्ष कँवरले श्रमिकका माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो। श्रमिकको निष्कासनसम्बन्धी विवादसँगै उद्योगमा श्रमिक अधिकार र व्यवस्थापनको व्यवहारबारे प्रश्न उठेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।