२०८३ कार्तिक १५ गते आइतवार

देश गम्भीर सङ्कटतर्फ अघि बढिरहेको छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले बढ्दो भूराजनीतिक प्रभाव, राजनीतिक दलभित्रको विवाद र राज्यका निकायमा देखिएको अव्यवस्थाले देश सङ्कटतर्फ धकेलिँदै गएको बताउनुभयो ।

आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवै दलभित्र आन्तरिक द्वन्द्व चर्किँदै गएको उल्लेख गर्नु भएको छ । उहाँका अनुसार न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका महत्वपूर्ण निकायमा समेत अव्यवस्था देखिएको छ । त्यसमाथि अर्थतन्त्र निरन्तर कमजोर बन्दै जाँदा मुलुकको समग्र अवस्था थप जटिल बन्दै गएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।