२०८३ कार्तिक १५ गते आइतवार

मुक्ति समाजको बैठक घोराहीमा सम्पन्न

घोराही, १५ कात्तिक । मुक्ति समाज नेपाल घोराही उपमहानगरपालिका कमिटीको बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष दिनेश नेपालीको अध्यक्षता तथा संगठनका केन्द्रीय सचिवालय सदस्य एवं दाङ जिल्ला इन्चार्ज मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा भूमिअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय उपाध्यक्ष लिला विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, मुक्ति समाज नेपाल दाङ जिल्ला कार्यसमितिका अध्यक्ष शंकर नेपाली, भूमिअधिकार तथा श्रमिक संगठन नेपाल दाङका अध्यक्ष बसन्त नेपाल, मुक्ति समाज दाङका जिल्ला सदस्य राजकुमार नेपाली, जिल्ला कमिटी सदस्य राजकुमार विकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकले आगामी मङ्सिर १२ गते आयोजना हुने मुक्ति समाज नेपालको एघारौँ जिल्ला अधिवेशनलाई भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनलाई लक्षित गर्दै वडा–वडामा संगठनका कमिटी गठन तथा पुनर्गठन गर्ने र व्यापक जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।