२०८३ कार्तिक १७ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा बिभिन्न उद्योगका घटना बर्सेनी बढ्दै

बुटवल ११ साउन । लुम्बिनी प्रदेशमा आत्महत्या, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीका घटना बढेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यस्तै ज्यान मार्ने उद्योगका घटना पनि तीन वर्ष यता बर्सेनि उकालो लाग्दै गएको छ । जबर्जस्ती करणीका घटना २०७५÷७६ को तुलनामा २०७६÷७७ मा केही कमी देखिए पनि २०७७÷७८ मा भने अस्वाभाविक वृद्धि भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९८ थियो । आर्थिक वर्ष २०७६÷७७ मा यो संख्या बढेर ९४५ पुग्यो । आर्थिक वर्ष २०७७÷७८ मा झुण्डिएर आत्महत्या गर्नेको संख्या अझ बढेर एक हजार ९० पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै, आत्महत्या गर्ने दुरुत्साहनको घटना पनि बढ्दो छ । आर्थिक वर्ष २०७५÷७६ मा आत्महत्या गर्ने दुरुत्साहनका घटना १७ रहेकोमा आर्थिक वर्ष २०७६÷७७ मा यो संख्या बढेर २७ पुग्यो भने आर्थिक वर्ष २०७७÷७८ मा अझ बढेर ३१ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।