२०८३ कार्तिक १६ गते सोमवार

आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१६ कात्तिक । सुनको भाउ आज बढेको छ । सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो एकैदिन ८ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ७२ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ७० रुपैयाँले बढेर तोलाको ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।