दाङ,१६ कात्तिक । सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन् । हिउँदे समय लागू भएसँगै कार्यालय समय एक घण्टा घटाइएको हो । सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म थियो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो अवधिमा सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुनेछन्। हिउँदमा साँझ चाँडै अँध्यारो हुने भएकाले कार्यालय समय घटाइएको हो। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०८३ कार्तिक १६ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।