भालुवाङ १६ कार्तिक । दाङको देउखुरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार लमही- भालुवाङ सडक खण्ड अन्र्तगत राप्ती गाउँपालिका-३ बाघढड्डीमा गएराती १स्३५ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका- ६ भगवानपुर निवासी अन्दाजी वर्ष ३०र३१ को प्रविन चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरलिे जनाएको छ । त्यस्तै दुर्घटनामा परि सोही मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-३ मसुरिया निवासी अन्दाजी वर्ष १६ को निशु चौधरी र सोही ठाउँकै अन्दाजी वर्ष १९ कि करिना चौधरी घाइते भएका छन् ।
घाइते दुवै जनाको अहिले बुटवल स्थित लुम्बिनी सिटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियोे । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।