२०८३ कार्तिक १६ गते सोमवार

भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको दुई बोरा पटका बरामद

झापा, १६ कात्तिक । झापा गाउँपालिका –०२ कुवाडीस्थितबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ । आज बिहान इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ सामान बोकेका व्यक्ति बोरा छाडेर फरार भएका थिए ।

उक्त बोराहरू खोली जाँच गर्दा दुई वटा बोरामा विभिन्न किसिमका पटका फेला परेका हुन् । बरामद भएका पटका अन्दाजी एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।