२०८३ कार्तिक १६ गते सोमवार

सल्यानमा ओडारमा लुकाइराखिएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यान,१६ कात्तिक । सल्यानमा ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल एकनाले भरुवा बन्दुक बरामद गरिएको छ।  जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–७ स्थित गोटीखोला सामुदायिक वनको ओडारमा लुकाएर राखिएका बन्दुक प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कात्तिक १६ गते दिउँसो उक्त स्थानमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पाँच नाल भरुवा बन्दुक फेला पारेको हो। बरामद गरिएका बन्दुकका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।