२०८३ कार्तिक १६ गते सोमवार

जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

रुकुम पश्चिम,१६ कात्तिक । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गोविन्द वि.क. र पछाडि सवार काशीराम वि.क. घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएकोमा काशीराम वि.क.को उपचारकै क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक गोविन्द वि.क.को सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले जिप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न दुवै सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।