बटोलपुर डिपबोरीङको उद्घाटन्

तुलसीपुर, २५ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुरमा निर्माण गरिएको डिपबोरीङको उद्घाटन गरिएको छ । ४५ लाख १७ हजार लागतमा निर्माण गरिएको डिपबोरीङको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गर्दै समृद्ध बटोलपुरको रुपमा विकास गर्नका लागि सहयोग गर्न आफुु तयार रहेको बताए । तुलसीपुर उपमहानगरपालिको ठूलो लगानीमा सिचाईका लागि डिपबोरीङ तयार गरेको बताउदै अव कृषी उत्पादनमा जोड दिएर आर्थिक परिवर्तनको बाटोमा अघि बढ्ने समय आएको नगर प्रमुख पाण्डेले जोड दिए ।
बटोलपुर डिपबोरीङ निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य मेघराज भुसाल, प्राविधिक नेव बहादुर केसी, उपभोक्ता सुशील चौधरी लगाएतले बोलेका थिए ।

सो अवसरमा डिप बोरीङका लागि जग्गा उपलब्ध गराउने जग्गादाता बुद्धिराज गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी निर्माणको क्रममा सहयोग गर्ने साइराम चौधरी, झग्गु प्रसाद चौधरी,अंगराज चौधरी, शर्मिला चौधरीलाई सम्मान गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाकाे सहाेगमा  निर्माणा गरिएकाे   डिपबोरीङ संचालनमा आएपछि एकसय घर धुरी लाभान्वित  भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया