२०८३ साउन १७ गते आइतवार

घोराही–खौसापुर रामपुर मुलावारी यातायात सञ्चालन

फोटो एआइ

तुलसीपुर, १६ साउन । ग्रामिण भेगमा सहज यातायात सेवा प्रवाहका लागि घोराही– खौसापुर यातायात सञ्चालन गरिएको छ । तुलसीपुर यातायात प्रालिले दैनिक घोराही, सर्रा, डाँगी गाउँ हुदै खौसापुर सम्म इभि गाडिहरु सञ्चालनमा ल्याएको प्रालिका उपाध्यक्ष सोमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यात्रुहरुको मागलाई मध्यनगर गदै दैनिक ४ वटा इभि गाडीहरु सो रुटमा सञ्चालनमा ल्याएको हो ।

त्यस्तै घोराही रामपुरको सिमलतारा– मुलावारी सम्मका लागि पनि आइतवार देखि यातायात सञ्चालन गर्न लागेको उपाध्यक्ष पौडेलले जानकारी दिए । सो रुटमा पनि २ वटा साना गाडीहरु सञ्चालन हुने छन् । ‘ग्रामीन भेगका यात्रुहरुको सुविधाका लागि हामीहरुले जिल्लाका विभिन्न ग्रामीन भेगमा यातायात सञ्चालन गरको थियौ , थप यात्रुहरुको माग अननुसार अन्य रुटमा पनि सेवा विस्तारमा लागेका छौ , यसले यात्रुहरुलाई सहज हुने छ – पौडेलले भने ।’

घोराही, सर्रा, डाँगीगाउँ हुदै खौसापुर सम्म विहान ६ बजे देखि साझ ५ बजे सम्म दैनिक इभिगाडीहरु सञ्चालन भई रहेको तुलसीपुर यातायात प्रालिका घोराही कर्मचारी इन्चार्ज कृण्ण गिरीले जानकारी दिए । वि.सं. २०५६ सालमा स्थापित भई रूपान्तरित भएको तुलसीपुर यातायात प्रालिले हाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ठूला सहरहरू, छिमेकी राष्ट्र भारतका विभिन्न स्थान र गाउँ–गाउँसम्म आफ्नो यातायात सञ्जाल विस्तार गरिसकेको छ ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
प्रतिक्रिया