२०८३ कार्तिक १४ गते शनिवार

जंगली जनावरले खाएको अवस्थामा एक पुरुषको शव फेला

फाईल फोटो
तुलसीपुर,३ पौष । सल्यानमा जंगली जनावरले खाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । कुमाख गाउँपालिका ७ जिमाली बस्ने ६० वर्षीय गंगाराम नाथको शव जंगली जनावरले खाएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिनएको छ । गत मंशिर १२ गते घरबाट निस्किएका नाथको शव सोहि गाउँपालिका ३ चनेखोलामा आज शनिबार दिउँसो साँढे २ बजे फेला परेको प्रहरीले बताएको छ । उक्त घटना स्थलमा प्रहरीको टोली पुगि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।