२०८३ कार्तिक १४ गते शनिवार

नक्कली नोटसहित दुई जना पक्राउ

सिरहा,१४ कात्तिक,। सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको हो ।

प्रहरीले कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम फेला पारेको जनाएको छ ।बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।