पाल्पामा ट्याक्टर पल्टीदा चालको मृत्यु भएको छ भने सहचालक घाइते भएको प्रहरीले बताएको छ । सुक्रबार साँझ सात बजे तानसेन नगरपालिका–९ दमकडाबाट देउराली तर्फ आउदै गरेको लु ४ त ५४३८ नम्बरको टयाक्टर पल्टीदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमा चालक तानसेन नगरपालिका–९ दमकडा बस्ने ४१ वर्षीय दिपक ढकाल रहेको प्रहरी निरीक्षक पचभैयाले बताउनुभयो । ढकालको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सहचालक बग्नासकाली गाउँपालिका–२ बस्ने २१ वर्षीय हिरा कुमालको भने लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले बताएको छ । दाउरा लोड गरेको ट्याक्टर तानसेन नगरपालिका–९ दमकडा स्थित ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।