सांकेतिक फाईल फोटो
तुलसीपुर,३ मंसीर । तलसीपुर २ भमके खोला स्थित ट्रिपरले ठक्कर दिदा एक महिला घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा तुलसीपुर २ बालापुर बस्ने ३२ वर्षीया सिर्जना गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
हिजो बिहिबार साझ साढे पाँच बजेको समयमा तुलसीपुरदेखि पश्चिम तर्फ जादै गरेको ना १ ख ९१०५ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिदा खुट्टा फ्याक्चर भएको प्रहरीले बताएको छ । घाइते महिलालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।